विराटनगर । किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुधबार बिहान ११ बजे विराटनगरस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी नयाँ कार्यसमिति सार्वजनिक गरेको हो।




किरात राई यायोक्खाको विधान, २०४७ (संशोधित, २०८३) को दफा १० को उपदफा (ङ) बमोजिम गठन भएको केन्द्रीय कार्यसमितिमा अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष तथा सदस्यहरू चयन भएका छन्।
नयाँ कार्यसमितिका पदाधिकारी
नयाँ कार्यसमितिको अध्यक्षमा युवराज राई चयन भएका छन्। सहअध्यक्षमा जनक राई र अर्जुन जम्मेली राई चयन भएका छन्।
त्यस्तै, उपाध्यक्षमा भीम राई, कृष्णकुमार राई, मातृका राई, नगेश चन्द्र राई, सुमन राई र गणेश खालिङ राई चयन भएका छन्।
महासचिवमा मञ्जु सोताङ राई तथा उपमहासचिवमा राजु एन राई, पशु विराट राई, मीना कुमारी राई (रन्जु), भोगीराज राई र प्रमिला राई चयन भएका छन्।

सचिवमा छिला राई, मान भगत राई, मनोज बान्तवा राई, सीता कुमारी राई, मुकुन्द राई, प्रकाश दुमी राई र सञ्जयकुमार राई चयन भएका छन्।
कोषाध्यक्षमा डेकिन्द्रकुमार राई तथा सहकोषाध्यक्षमा रत्नदेवी (उषा) राई, चिरहाङ राई र मनि कुमार राई चयन भएका छन्।
केन्द्रीय सदस्यमा २२ जना
केन्द्रीय सदस्यमा जीतकुमार राई, खिलराज राई, सञ्जय सन्तोषी राई, तारा राई, विर्सिका राई, ज्ञान किराती, रामचन्द्र राई, अनिता राई, होमबहादुर राई, चन्द्रकुमार राई (अनिस), जितेन्द्र साङपाङ राई, रोहितकुमार राई (आरके), विष्णु देवास राई, चन्द्रकुमार राई, थगेन्द्र राई, सोभित राई, गंगा राई, टिकराम राई, रामध्वज राई, अशोक राई, सीता कुमारी राई र मोहन राई चयन भएका छन्।
१२औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै किरात राई यायोक्खाले आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति पाएको छ।





