जनकपुरधाम- युवाहरुको एक जमात जनकपुरधाम रेल्वे स्टेशनमा उभिएर “अक्सिजन मात्र रु २०” को नारा लगाइरहेका थिए । यस्तो नारा सुनेर त्यहाँबाट हिड्ने मानिस अच्चम्भित हुँदै थिए, उनीहरुले प्लास्टिक झोलाले घेरिएको एक मानिस पनि नजरमा कैद गर्दै त्यससँग फोटो खिच्दै कसरी भन्ने जिज्ञासा राखि रहेका थिए ।
उल्लेख्य संख्यामा मानिसहरुको भीड लागिसकेको थियो । सबै जिज्ञासु नजरले “अक्सिजन मात्र रु २०” नारा लगाएर युवाहरुले के भन्न खोज्दै भनेर एक अर्काको मुख ताकि रहेका थिए ।
यसैबीच एकजना युवा भीडमा उभिएर दिनहँु वायु प्रदूषण बढेको मानक तथ्य पस्किनुभयो। उहाँले भन्नुभयो, “मानिस वायुको मापन प्रति सम्वेदनशील छैन । किनकि त्यो देखिदैन् । तर, अप्रत्यक्ष रुपमा वायु प्रदुषण वृद्धि भइरहेको छ । जसका कारण अस्पतालमा किनेको जस्तै दैनिक जिवनमा अक्सिजन किन्न पर्ने दिन नआओस् भनेर सचेत गराएका हौं ।”




आज विहिविार युवाहरुको संस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकपुरधामको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान” को क्रममा “अक्सिजन मात्र रु. २०” भन्ने नारा लगाएका थिए ।
कायापलटका संस्थापक दिवाकर उप्रेतीले वायु प्रदुशन न्युनिकरण गर्नको लागि यस्ता किसिमको सचेतना मुलक अभियान संचालन गरिएको बताउनुभयो ।
मधेसप्रदेसमा समेत उत्याधिक सवारी साधनको चाप तथा प्लास्टिक जन्य पदार्थ जलाउँदा उत्पन्न हुने हानिकारक धुवाँ वायुमा मिश्रण हुन्छ । जसले प्रत्यक्ष रुपमा वायु प्रदूषण निम्त्याउने हुँदा मधेसप्रदेसमा सचेतना बढाउन पर्ने कायापलटका अध्यक्ष कैयुम राईन्ले बताउनुभयो ।
प्लास्टिक ४ हजार २सय वर्षसम्म पनि नकुहिने तथा विस्तारै सुक्ष्म रुपमा वातावरणमा मिश्रण हुने गरेको हुँदा यसले आउने सन्ततीलाई असर गर्ने विज्ञहरुको कथन छ । तर, सरकारको नीति फितलो तथा नियमनकारी निकायको भूमिका सुस्त भएकोले ४० माईक्रो भन्दा बढी प्लास्टिको प्रयोग अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यस्तै वातावरणीय प्रभावमा पनि यसले असन्तुलन बनाउँने कार्यक्रमका अभियन्ताहरु बताउँछन् ।

त्यस्तै पन्नी (प्लास्टिक) को रुप धारण गरेका सुमन शर्माले भने निश्चय पनि वैकल्पिक उपायको प्रयोग गरेमा प्लास्टिक झोला उन्मूलन हुनेमा विश्वास व्यक्त गर्नुभयो । जसका लागि उनी आफु र आफुजस्तै सबैजनालाई सामेल भएर मुद्दाका लागि पैरवी गर्नुपर्ने बताउनुभयो।
कायापलटको आयोजनामा तथा सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा दर्जनौ युवाहरुको सहभागिता रहेको थियो । सहभागीहरुले स्वच्छ वातावरण हाम्रो अधिकार, सफा सहर हाम्रो रहर, स्वच्छ वायु हाम्रो अधिकार जस्ता नाराहरु लगाएका थिए ।




