सर्लाही – गोडैता नगरपालिका वार्ड-१२ मधुवनीमा जिल्लामै पहिलो पटक जुवातास, जाड रक्सी रहित महावीर मेला सुरु भएको छ ।
गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले एक कार्यक्रमका बिच उक्त महाविरी मेलाको उदघाटन गरेका हुन ।
महाविरी झण्डाको उदघाटन गर्दै नगरप्रमुख देवेन्द्र कुमार यादवले मधुवनीमा शान्तिपुर्ण महाविरी मेला दोस्रो बर्षमा प्रवेश गरेकोमा उहाँले खुशी व्यक्त गरे । मेला सुरुवात आफनै खर्चमा गरेकोमा वडाअध्यक्ष केशव कुमार धन्यवादको मुख्य पात्र रहेको उहाँले जिकिर गरे ।

रक्सी बिक्रीवितरण पुर्ण रुपमा प्रतिबन्ध गरि मधुवनीमा आफनै लागतमा दोस्रो बर्ष पनि महाविरी मेलालाई निरंतरता दिईएको वडाअध्यक्ष केशव कुमार उर्फ गुड्डु यादवले जानकारी दिए ।




मेलामा रक्सी पसल सन्चालनले विभिन्न विवाद तथा झैझगडा हुँदै आएको भन्दै शान्तिपुर्ण महाविरी झणडा सुरु गरेको उहाँको भनाई छ ।

मेलामा मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकको बताए । मेलाको उदघाटनमा नगरप्रमुख देवेन्द्र यादव, वडासदस्य लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।




