भैरहवा- वैदेशिक रोजगारी को लागि अमेरिका पठाईदिने भन्दै ६४ लाख ४५ हजार ठगी गरेको आरोप मा प्रहरी ले काठमाडौं नयाँवानेश्वर वाट बिहीवार एक जना लाई पक्राउ गरेको छ।पक्राउ पर्ने मा कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वर बस्ने २८ वर्षिय रमेश न्यौपाने रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
पक्राउ परेका निज रमेश न्यौपाने ले गणेश अधिकारी समेत पाँच जना लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा मासिक रु ३ लाख तलव हुने काम लगाईदिने विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी ६४ लाख ४५ हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रमेश न्यौपानेको खोजतलास गर्ने क्रममा बिहीवार नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन्।







