काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
आज बिहान सिंहदरबार पुगेर राष्ट्रपति पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।



३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको सम्मान गरेका हुन् ।
पृथ्वी जयन्तीमा अन्य राजनीतिक दलहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।




