महोत्तरी – महोत्तरीको जानकी एकेडेमी हस्पिटलमा पहिलो पटक न्यूरोसर्जरी सेवा सुरु सेवा सुरु भएको छ । न्यूरोसर्जरी सम्बन्धी सेवा महोत्तरी जिल्लामा पहिलो पटक यस हस्पिटलमा सुरु भएकाे छ।
रामगोपालपुर नगरपालिका ९ पर्सामा अबस्थित जानकी एकेडेमीक हस्पिटल प्रा.लि ग्रामीण क्षेत्रका लागि निकै लाभदायी बन्दै अहिले न्युरो सम्बन्धी समेत सेवा सुरु गरे अझ संजिवनी बन्दै गएको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा महोत्तरीका पश्चिमी एवं सर्लाहीका पुर्वी क्षेत्रका ग्रामीण बासिन्दाहरुका लागि जानकी एकेडमीक संजिवनी बुटिको रुपमा स्थापित हुन थालेको हो ।



जिल्लाकै औरही नगरपालिका, सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाको बीचमा रहेको जानकी एकेडेमीक हस्पिटल प्रा.लि. मा पहिलोपटक न्यूरोसर्जन डा.प्रद्युम्न कुमार यादव आएपछि जानकी एकेडेमी हस्पिटल प्रा.लि मा न्यूरो सेवा सुरु भएको हो । यो सेवा सुरु भएपछि दुर्घटना, रुखबाट लड्दा, लगायत विविध कारणले टाउकोमा गहिरो चोट लाग्दा उपचारका लागि महोत्तरीका विरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । जानकी एकेडेमी हस्पिटल मै न्यूरो सेवा सुरु भएपछि यस क्षेत्रका विरामीलाई सहज हुने भएको छ ।
न्यूरोका विरामीलाई समयमै उपचार दिनुपर्छ । महोत्तरीमा न्युरोसर्जन हस्पिटल र चिकित्सक नहुदा विरामीले समयमै उपचार पाउँन सकेका थिएनन् । डा.प्रद्युम्न कुमार यादव आएको करिब एक साता भयो, यो बिचमा उहाँले दुई वटा अप्रेसन गरिसक्नु भएको एकेडेमीक हस्पिटलका प्रशासन प्रमुख संजय यादवले जानकारी दिए। अब न्यूरो सेवा सुरु भएपछि गोल्डेन आवरमा विरामीले सेवा पाउने छ। न्यूरोसर्जन डा.यादवले महोत्तरीमा न्युरो सेवा सुरु गर्न पाउँद खुशी भएको बताए ।
उनले भने, ‘महोत्तरी जिल्लाको यस्तो बिकट ठाउमा हस्पिटल संचालन गरेर अन्य सेवा दिदै आएकोमा हामी थप सेवा न्युरोसर्जन सेवा सुरु गरेका छौ अब यस ग्रामीण क्षेत्रका आम मानिसहरु पनि न्यूरोका विरामीले समयमै उपचार पाउनुपर्छ । जति चाडो उपचार पाए त्यति नै राम्रो हुन्छ ।’ सामान्य समस्या लिएर काठमाडौं,जनकपुर,बिराटनगर लगाएत अन्य ठाउँमा जानु नपर्ने भन्दै जानकी एकेडेमी हस्पिटलका अध्यक्ष एवं पुर्ब स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले भने ।
उनले महोत्तरीका विरामीलाई र यस ग्रामीण क्षेत्रका आसपासका जिल्लाहरुको लागि आफ्नै आँगनमा ढुक्कले न्यूरो सेवा लिन आग्रह गरे । डा.प्रद्युम्न कुमार यादवले पाकिस्तानबाट न्यूरो सर्जरी गरेका छन् । यसअघि डा.प्रद्युम्न कुमार यादवले वीर अस्पताल एक्स-ट्रमा सेन्टरमा सेवा दिरहेका थिए ।




