महाेतरी- राष्ट्रिय मावि कान्तिबजारमा सरस्वतीको आकर्षक मुर्ति स्थापना गरिएको छ। गाैशाला परडियाका दानविर दिलीप महताेले विद्यालयमा शंखमरमरकाे सरस्वती मुर्ति प्रतिमा दान स्थापना गरेका हुन्।
गाैशाला नगरपालिका -१२ परडियाका महताेले राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सरस्वती पुजाकाे अवसरमा मुर्ति दान गरेका हुन् । भारतीय रुपैया ६४ हजार मुल्यकाे मुर्ति विद्यालयमा दानविर महताेले दान गरेकाे हाे । भारतकाे राजस्थानमा मुर्ति खरिद गरि विद्यालय सम्म ल्याएर मन्दिरमा स्थापना सम्मकाे खर्च महताेले नै व्यहाेरेकाे हाे ।




सरस्वती पुजाकाे अवसरमा विशेष पुजा गरि मन्दिरमा मुर्ति राखिएकाे राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारले जनाएकाे छ । मन्दिरमा मुर्ति राखिएपछि विद्यालयले नियमित पुजापाठकालागि पुजारी समेत राखेकाे छ ।
नेपाली काग्रेसका नेता दानविर महताेले यस अघि कान्तिबजारमा रहेकाे दुर्गा मन्दिरमा समेत आकर्षक मुर्ति दान गरेका थिए ।




