महोत्तरी – मिथिला माध्यमिकी परिक्रमा खाली खुट्टा गरिने पदयात्रा हो। यो यात्रा त्रेतायुग देखि पुस्तान्तरण हुँदै हाल समम् निरन्तरता पाएको छ। महन्थ,साधु,सन्त र गृहस्थ यात्रिहरुको भजन किर्तन र धार्मिक आस्थाले ओतप्रोत रहेको पदयात्रा मिथिलाको प्रतिक र जनआस्था लाई जीवित राखेको छ ।
तर त्रेतायुग देखि पुस्तान्तरण हुँदै आइरहेको मिथिला माध्यमिकी परिक्रमा यात्रामा भने युवाहरुको सहभागिता उत्साहजनक नरहेको प्रति सेभ जलेश्वरका रोहित साहले चिन्ता व्यक्त गरेका छन। आधुनिकीकरण,भडकिलो जीवन शैली,पेशा व्यवसाय,वैदेशिक रोजगार लगायतका जिम्मेवारिले गर्दा लोकआस्था को यो यात्रालाई निरन्तर बनाई राख्न पुस्तान्तरण गर्न वर्तमान समयको माँग अनुसारनै हामी लागिपर्ने आवश्यक रहेको उनको भनाई छ । तिर्थयात्रा,धर्मिक यात्रा,मठमन्दिरमा पुजा अर्चना वृद्धा अवस्थामा गर्ने कर्म हो भन्ने बुझाईले गर्दापनि धार्मिक गतिविधिमा युवाहरुको उदासिन उपस्थिति हुनसक्ने उनको तर्क छ ।



सामाजिक सञ्जाल र गीतकथामा सुनिएको परिक्रमा यात्राको वास्तविकता लाई प्रत्यक्ष अनुभव गर्न,समाजिक सदभाव कायम राख्न र युवामा जनजागरणका लागि मिथिला माध्यमिकी परिक्रमा यात्राको सम्पूर्ण पन्द्रह पड़ाव स्थल भ्रमण तथा अवलोकन का लागि एक दिने मोटरसाईकल परिक्रमा यात्रा गत वर्ष देखी सेभ जलेश्वर ले नेतृत्व गर्दै आईरहेको छ । यस वर्षपनि सेभ जलेश्वर द्वारा पन्द्रहदिने परिक्रमा यात्रा को सम्पूर्ण पड़ाव स्थलमा भ्रमण अवलोकन गर्न मोटरसाईकल यात्रा गरिने छ ।
जलेश्वर नागरपालिकाको सहकार्य र सेभ जलेश्वरको आयोजनामा यस वर्षको यात्रा चैत्र १० गते शनिबार बिहान जलेश्वरनाथ महादेव मन्दिर बाट प्रारंभ हुनेछ। मोटरसाईकल यात्रामा सहभागी हुने श्रद्धालुहरुको भोजन व्यवस्थापन सँगै सुरक्षाका लागि नेपाल प्रहरीको सक्रियता र आवश्यक आकस्मिक सहयोग जलेश्वर नगरपालिकाको सहकार्यमा हुने सेभ जलेश्वरका रोहित साहले जानकारी दिएका छन ।




