जनकपुरधाम – धनुषाको नक्टाझिझमा मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको घटनास्थल मै मृत्यू भएको छ ।
मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित सोमवार साझ अस्पतालको एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थल मै मृत्यू भएको प्रहरीले जनाएको छ ।

ढल्केवर–जनकपुर सडकखण्डमा ढल्केवर तर्फबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ८७१२ नम्बरको एम्बुलेन्सले मिथिला नगरपालिका वडा नं. ३ मर्धर बस्ने जितेन्द्र महतोले चलाएको मोटरसाईकललाई ठक्कर दिँदा घटनास्थल मै मृत्यू भएको हो ।




होलीमा मादक पदार्थ सेवन गरेर सरोजले चलाएको मोटरसाइकल सडक पार गर्न खोज्दा तीव्र गतिमा रहेको एम्बुलेन्सले ठक्कर दिएको स्थानीयहरुले जनाएको छ । ज ११ प १९९ नम्बरको मोटरसाईकलमा सवार जितेन्द्र महतोको घटनास्थल मै मृत्यू भएको हो। मोटर साइकलमा पछाडि बसेका सरोज महतो गम्भिर घाइते भएको छ। उनको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवालेका अनुसार, एक जनाको मृत्यू भएको र अर्काको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको छ ।




