द्वन्द्व पीडितहरुको हकहित संरक्षण गर्ने उद्देश्यले मधेस प्रदेश स्तरीय समिति गठन गरिएको छ।
द्वन्द्व पीडित परिवारका पर्साका हेमकुमारी भट्टराईको संयोजकत्वमा गठित समितिहरुमा महोत्तरीबाट हरि पाख्रिन, धनुषाबाट तारा महतो, सर्लाहीबाट निरु भुजेल, सिरहाबाट सोनावती देवी महतो, रौतहटबाट कविराज पोखरेल, सप्तरीबाट अनिता चौधरी, पर्साबाट मैया गिरि र बाराबाट इन्द्र प्रसाद अधिकारी रहेका छन् ।




एडभोकेसी फोरम नेपाल मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा शुक्रवार र शनिवार धनुषाको लालगढमा आयोजना गरिएको प्रदेश स्तरीय भेलाबाट गठन गरिएको उक्त समितिले विभिन्न जिल्लाबाट आबद्ध पदाधिकारीहरुले द्वन्द्व पीडितहरुको हकहित संरक्षण गर्न द्वन्द्व पीडितहरुलाई संगठित गर्दै जिल्ला र स्थानिय तहमा समिति गठन गर्ने निर्णय समेत गरिएको एडभोकेसी फोरमका मधेस प्रदेश संयोजक राजकुमार महासेठले गराए ।




