जनकपुरधाम – जनकपुरधामको एक होटेलमा पासोमा झुण्डेको अवस्थामा पुरुष र महिला मृत फेला परेका छन् ।रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर मृत भेटिएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।होटेल संचालकका अनुसार कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइ रहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा दुबैजना झुण्डेका थिए।जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलि घटनास्थल पुगेर ढोकालाई फोडेर बालिकालाई बाहिर निकालेको छ ।बालिका महिलाकी छोरी हुन्।मृतक महिलाको माइत पिपरा हो ।



दुवैजना चार दिनदेखि होटेलमा थिए ।पुरूषको चार र महिलाको १ सन्तान छन् । अनैतिक सम्बन्धको कारणले यस्तो घटना घटेको हुन सक्ने आशंका गरिएको छ ।घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





