
- बेचन कुमार महतो
पृष्ठभुमी
पानी सदुपयोग फाउन्डेसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालका पहाडी र हिमाली भेगका ३०० पालिकाहरूमा गरेको सर्वेक्षणमा आधारित अनुसन्धान प्रतिवेदन अनुसार करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने घटना पाइएको देखाएको छ । क्षेत्रगत रूपमा भन्दा चुरे क्षेत्रका पालिकाहरूमा मुहान सुक्ने समस्या सबैभन्दा बढी छ । तथापि यसअघि गरिएका अन्य अध्ययनहरुले पनि नेपालमा केही दशकयता पानीका मूलहरू सुक्दै गइरहेको देखाएकाछन् । जस्तै— त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भूगोल केन्द्रीय विभागका अध्येताहरूले मध्यपहाडको मेलम्ची क्षेत्रमा गरिएका अध्ययन र युथ एलाइन्स फर इन्भाइरोमेन्टका अध्येताहरूले खोटाङ, नुवाकोट, सुर्खेत, डडेलधुरा जिल्लामा गरेका अध्ययनहरूले त्यहाँ पानीका मूल सुक्ने क्रममातीव्रता आएको देखाएकाछन् । तनहुँमा गरिएको अध्ययनले पनि ६३ प्रतिशत मूलमा पानीको मात्रा कम भएको देखाएको थियो । छरिएका सीमित अध्ययन भएपनि सबैको निष्कर्ष छ—केही दशकयता पूर्वदेखि पश्चिम नेपालसम्म र हिमाल देखि मध्य पहाड, चुरे र तराई भूभागमा पानीका मुहान सुक्दै गएको देखिएको छ । सुक्नेक्रमको सूचना गोरखा भूकम्पपछितीव्र भएको देखिन्छ । एक प्रतिवेदन अनुसार, २०७२ सालको गोरखा भूकम्पका कारण देशभरका करिब ५०००मुहान र इनारहरू सुकेका थिए । त्यसो त उक्त भूकम्पपछि कतिपय ठाउँमा नयाँमुहान पनि देखिए र कतिपय मूलमा पानीको परिमाण झन् बढी देखियो । काठमाडौं उपत्यकाका केही ढुंगेधारामा भूकम्पपछि पानीको मात्रा बढेको थियो ।

पानीको मुहान सुक्नेक्रम नेपालमा मात्रै होइन, केही दशकयता समग्र हिमालय क्षेत्रमा पनि बढिरहेको छ । भुटान, भारत र पाकिस्तानमा भएका अध्ययनहरूले उत्तरपूर्वी भारतका सिक्किम र मेघालयदेखि पश्चिमको उत्तराखण्ड र पाकिस्तानसम्म फैलिएको हिमालय पर्वत शृंखलाका सबै भूभागमा रहेका पानीका मूलहरू सुकेको वा सुक्नेक्रममा रहेको उल्लेख गरेका छन् । सन् २०१८ मा भारतको नीति आयोगले प्रकाशित गरेको प्रतिवेदनमा भारतका हिमाली क्षेत्रका करिब ६० प्रतिशत मूलहरूमा पानीको परिमाण कम भएको देखाएको थियो । उक्त प्रतिवेदन अनुसार, भारतको अल्मोडामा१५० वर्षपहिले ३६० वटा मूल भएकामा हाल उक्त संख्या घटेर ६० मै सीमित भएको छ । त्यसैगरी भुटानको कृषि मन्त्रालयले गरेको अध्ययनले पनि त्यहाँ ३५प्रतिशत पानीका मुहानहरू सुक्नेक्रममा रहेको र २ प्रतिशत मूल सुकिसकेको देखाएको छ ।

पानीका मूलहरू यसरी सुक्दै जानुले यस भेगको जनजीवन र जीविकामा प्रत्यक्ष नकारात्मक असर पुर्याएको छ । किनभने हिमालयको पहाडी शृंखलामा मान्छेलाई पिउन अनि कृषिकर्म र अन्य जीविका चलाउनका लागि आवश्यक पानीको आपूर्तिको मुख्य स्रोत यहाँका मूलहरू नै हुन् । पानीका यी मूलहरूले यो क्षेत्रको मानवीय आवश्यकतामात्रै पूरा गरेका छैनन्, अन्य थुप्रै वातावरणीय सेवासुविधा पनि दिएका छन् । जस्तै— यस्ता मूलहरूले हिउँमा आश्रित नभएका नदी र खोलामा पानीको आपूर्तिको सुनिश्चितता गर्ने, जैविक विविधतालाई सहयोग गर्ने मात्रै होइन, कतिपय स्थानमा मूलहरू धार्मिक-सांस्कृतिक आस्थाका धरोहर पनि बन्न पुगेका छन् ।
त्यसकारण यस्ता पानीका मूलहरू सुक्दै जाँदा दैनिक मानवीय जीवन र जीविकामा मात्रै होइन, जैविक विविधता र पर्यावरणमा पनि नकारात्मक असर पुगेको छ । जस्तै— सिमसारमा पानीको मूल सुक्दा त्यसमा आश्रित चराचुरुंगी लगायतको जैविक विविधता हराएर जान्छ । जीवजन्तुले पिउने पानीको अभाव झेल्छन् । यतिखेर पानी अभावकै कारण कतिपय ठाउँमा मानव बस्तीहरू उजाडिएका छन् त कतिपय स्थानमा मानिसहरूले विकल्पका रूपमा अन्य स्थानबाट पानी लिफ्ट गरेर ल्याउने, टाढाको मुहानबाट पानी ल्याएर आपूर्ति गर्ने गरेकाछन् । पानी अभावको सबैभन्दा बढी बोझ ग्रामीण भेगका महिलाहरू, गरिब तथा विपन्न घरलाई परेको छ । मूलसुकेका कारण टाढाटाढाबाट घण्टौं लगाएर पानी बोकेर ल्याउनुपरेको छ ।
मूल सुक्नुका कारण
सामान्यतया वर्षातमा परेको पानी जमिनको सतहबाट जमिनमुनि छिर्छ । पानी कतिभित्र छिर्ने भन्ने कुरा जमिनको बनोट र माटोको किसिममा भर पर्छ । सतहनजिकको माटोको तह पूरै भिजेपछि पानी अझैभित्र जान्छ र त्यसरी भित्र पसेको पानी जमिनभित्र धाँजा फाटेको, चिरिएको ठाउँ (एक्विफायर वा जलभरा) मा सञ्चित भएर बस्छ । जमिनमुनि रहेका त्यस्ता जलभराहरू जब पानीले भरिन्छन्, पानी माटोको कमजोर सतहबाट वा पृथ्वीको गुरुत्वाकर्षणका कारण तल्ला क्षेत्रहरूबाट निस्कन थाल्छ, जसलाई हामी मूल भन्छौं । त्यसकारण मूल बन्न र नासिन वर्षातको मात्रा, जमिनको बनोट, माटोको प्रकार र सतहमाथिको भूउपयोगले मुख्य भूमिका खेल्छ । साथै मूलमा पानीको मात्रा पनि मूलाधारको चरित्र, जलभरा र वर्षातले निर्धारण गर्छ ।
नेपाल पानी सदुपयोग फाउन्डेसन र इसिमोडको प्रतिवेदनले पानीको मूल सुक्नुमा मूलधार क्षेत्रको विनाश हुनु; परम्परागत पोखरीहरू मासिनु; सिमसार क्षेत्रहरू मासिनु; जथाभावी सडक तथा भौतिक संरचना बनाउनु; जलविद्युत् आयोजनाका सुरुङ, इनार, डिप बोरिङ खन्नुजस्ता मानवीय र बाढीपहिरो, खडेरी, भूकम्पजस्ता प्राकृतिक कारकहरूको भूमिका रहेको उल्लेख गरेको छ । अर्थात्, ती गतिविधिका कारण मूल बन्ने संरचना (जस्तै— जलभरा, मूलाधारको चरित्र) मा हानि पुग्यो र मूल सुक्यो । साथै जलवायु परिवर्तनका कारण फेरिएको वर्षातको समय, परिमाण र आवृत्तिएवं तापमान वृद्घिका कारण पनि पानीका मूलहरू सुकेका हुन् भन्ने अध्ययनहरूको दाबी छ ।
कतिपय ठाउँमा जनसंख्या वृद्घि, पानीको अत्यधिक खपत गर्ने पछिल्लो जीवनशैलीका कारण पनि पानीको अभाव महसुस भएको हुनसक्छ । बढ्दो खपतले भएको कमीलाईमानिसहरूले पानीको प्राकृतिक आपूर्ति नै घटेको हिसाबमा लिएका पनि हुनसक्छन् । नेपाल मै अझ प्रदेश नं. २ को मुख्यालय जनकपुरधामको कुरो गर्ने हो भने जनसंख्या वृद्धि दर पनि स्थानिय ठाउँमा पानी अभावको कारणको रुपमा लिन सकिन्छ ।

जनकपुरधाममा खानेपानी उपलब्धताको सवाल
विगतमा जनकपुरमा खानेपानीको मुख्य श्रोत इनार भए पनि हाल हाते पम्प (पाइप) नै हो ।जनकपुर खानेपानी संस्थानले पाइप मार्फत धारा प्रदान गरेर पनि पानी सप्लाई गरि रहेको छ । अहिले वोतल र जारको खानेपानी सर्वत्र उपलब्ध छ । खानेपानीको मुख्य श्रोत भूमिगत जल नै साविकमा भन्दा अहिले धेरै तल किन गयो?हातेकलमा ४०० फीट भन्दा तल गए पछि मात्र खानेपानी आउछ किन ?नेपाल भरीमा जनकपुरधाममा सवभन्दा वढी पोखरी छ तर भूमिगत जल तल तल किन जादै छ ? जस्ता कारणले यहाँ सर्वसाधारणको लागि खानेपानी महंगो हुदै गैरहेको अवस्था छ ।
जनकपुरको लागि भूमिगत जलको जलभरनको श्रोत (Water recharge source) कहाँ छ त?
नेपालको चुरे क्षेत्रमा कुल १६४ वटा नदि प्रणालीको सञ्जाल रहेको, १८ वटा perennial नदि, मध्य पहाडवाट उत्पति हुने ६४ वटा perennial नदि, , तराई मधेश क्षेत्रवाट १४ वटा perennial नदिहरु वहने गर्दछन तर जनकपुरको लागि भूमिगत जललाई दिगो रुपमा रिचार्ज गर्ने श्रोत वर्षै भरी पानी रहने नदी (perennial ) छैन ।यस क्षेत्रलाई रिचार्ज गर्ने मुख्य श्रोत सिजनल (वर्षे) नदीहरुमा रातु, औरही (विगही), र जलाध नदीहरु रहेका छन् ।यी नदीहरुमा वर्षाको ३-४ महिना मात्र पानी वग्ने गर्दछ र यसलाई रिचार्ज गर्ने मुख्य श्रोत भनेकै भावर क्षेत्र र चुरे क्षेत्र हुन् । सतही पानी नदि, वर्षा, पोखरी, ताल तलैया, नहरहरुवाट प्राप्त हुन्छ भने भुमिगत जलको मुख्य श्रोत भनेको confined aquifer, unconfined aquifer, well, tubewell (shallow and deep) हुन ।

जनकपुरधामको लागी भूमिगत जलको जलभरनको स्थान चुरे र भावर क्षेत्र महेन्द्रनगर सखुवा भन्दा माथि पर्दछ । भावर क्षेत्रमा साविकमा (जनकपुर रेलवे आउनु पूर्व सन् १९२७ भन्दा पहिले वा करीव ९५ वर्ष पहिले) चारकोसे झाडी थियो । अहिले छैन । भुमिगत जलभरण क्षेत्रको अवस्थिति निम्नानुसार रहेको देखिन्छः


जनकपुरको लागि भूमिगत जलको जलभरनको क्षेत्र (Water recharge zone) को अवस्था कस्तो छ?
- चुरे क्षेत्रमा रहेको वनको अवस्था दयनीय छ ।
- वर्षा महिनामा पानीको भल संगै माटो, गिट्टी, वालुवा वगेर आउछ यसले पानीको घनत्व वाक्लो हुन्छ र पानी जमीन मुनि जान गाह्रो हुन्छ ।
- चुरे क्षेत्रमा अत्यधिक चरिचरन, वन डढेलो, दाउरा र काठको लागि जथाभावी वनको फडानी र वासोवास भएको अवस्था छ ।
- २०३० देखि पूर्व पश्चिम राजमार्ग वनेपछि भावर र चुरे क्षेत्रमा आवादी ह्वातै वढेको छ ।
- भावर क्षेत्रमा पनि भूमिगत पानीको व्यापक दोहन हुँदै छ । खानेपानी र खेतीपानी गर्न पानीको व्यापक प्रयोग भै रहेको छ।
- विगत एक दशक देखि नदीवाट ढुगाँ, गिट्टी र वालुवाको उत्खनन् व्यवसायिक रुपमा मसिनवाट व्यापक हुने गरेको छ ।
- यस उत्खनन्मा जमीनमुनीको २०/२५ फीट मुनीको ढुगाँ, गिट्टी र वालुवा निकाल्ने कार्य गरिएको छ ।
- यसवाट सयौ हजारौ वर्ष देखिको पानीको चैनेल (वाटो) लाई डिस्टर्व भएको छ जसले गर्दा पानीको रिचार्जमा नकारात्मक असर परेको छ ।
- यो कार्य एक खोलामा धेरै स्थानमा रहेको क्रसर उधोगले गरेको छ ।
चुरे र भावर क्षेत्र नै भूमिगत पानी रिचार्ज क्षेत्र किन ?
- चुरे पहाड खस्रो वालुवा, गिट्टी र कमलो Sandstone, siltstone, mudstone को समिश्रणले वनेको छ ।
- भावर क्षेत्र चुरे क्षेत्रवाट नदीले वगाएर ल्याएको वालुवा, गिट्टी थुप्रिएर वनेको क्षेत्र हो ।
- तसर्थ सखुुवा महेन्द्रनगर देखि माथि कुनै पनि नदीमा वर्षा महिना वाहेक पानी देखिदैन ।
- सखुुवा महेन्द्रनगर क्षेत्र ट्रान्जीसन जोन हो । यसको दक्षिण खोलामा पानी निस्किएर वर्ष भरी पानी वग्ने गर्दछ ।
- यो प्रक्रिया जलाध, औरही, रातु, चारनाथ खोलामा पनि हेर्न सकिन्छ ।
- ट्रान्जीसन जोन देखि दक्षिण मटिलो माटोले वनेको क्षेत्र रहेको छ जसले जमीन मुनिको पानीलाई वग्न दिदैन र पानी माथि जमीन माथि आउछ
- प्राविधिक भाषामा सखुुवा महेन्द्रनगर देखि दक्षिणको भागलाई मात्र हामी तराईमान्न सकिन्छ ।
चुरे संरक्षण र व्यवस्थापन सम्वन्धी ठूला कार्यक्रमहरु
- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका कार्यक्रमहरु
- जनताको तटवन्धका कार्यक्रमहरु
- FAO - Building a Resilient Churia Region in Nepal
- सामुदायिक विकास तथा पैरवी मन्चले रातो नदीमा संचालन गरेका चुरे संरक्षण कार्यक्रमहरु
जनकपुरधाम क्षेत्रको खानेपानी Crisis समाधानको लागि अव के गर्ने ?
(क) अध्ययन अनुसन्धान
अधिकांश अध्ययनका यस्ता निष्कर्षहरू स्थानीय बासिन्दाका अनुभवमा आधारित हुन्, मूलाधार वा जलाधारमै गरिएका वैज्ञानिक परीक्षणका नतिजा भने होइनन् । जनकपुरधाम क्षेत्रका पानीका मूलहरूको बनोट जटिल र भिन्न भएकाले मूल सुक्दै जानुको कारण खोतल्न स्थानीय जलवायु, सतहमा भूउपयोगको अवस्था, भौगर्भिक बनोट, मानवीय गतिविधिको सूक्ष्म र लामो अवलोकन एवं अध्ययन चाहिन्छ जुन अहिलेसम्म भएको छैन ।
वनको भूमिकामा प्रश्न
नेपालमा पानी र वनको सम्बन्धलाई सधैं सकारात्मक र सीधा हिसाबले हेरिँदै आएको पाइन्छ । धेरै वन हुँदा पानी पनि धेरै हुन्छ भन्ने मान्यता आम रूपमा गढेको छ । तर उक्त ‘आम बुझाइ’माथि पछिल्ला अध्ययनहरूले प्रश्न उठाएका छन् । सन् २००८ मा खाद्य एवं कृषि संगठन (एफएओ) ले प्रकाशित गरेको Towards A New Understanding of Forest and Water प्रतिवेदन अनुसार, उपल्लो तटीय क्षेत्रमा वन जोगाउँदा पानीको गुणस्तरमा उल्लेख्य सुधार आएपनि माथिल्लो भू-भागमा वन जोगाउँदा तल्लो भूभागमा पानी आपूर्तिको परिमाण बढ्छ नै भन्ने छैन । अर्थात्, वन र पानीको सम्बन्ध सोचेजस्तो सपाट, सरल र सीधा छैन। मुख्यतः कम पानी पर्ने पूणर् वा केही सुक्खा स्थानहरूमा तल्लो भूभागमा पानीको मात्रा बढाउन वनको अवस्थिति सहयोगी नहुन पनि सक्छ ।
तर जनकपुरको कुरो गर्ने हो भने आज भन्दा करिब ५०-६० बर्ष पहिले सखुवा महेन्द्रनगर सम्म जँगलको अवस्थिति रहेको थियो। त्यो वेला ईनार वाटै खानेपानीको आपुर्ति हुने गर्दथ्यो । पछि करिब आज भन्दा करिब २०-२५ वर्ष पहिले ४५-५० फिट गाडिएको हातेकलले प्रयाप्त पानी दिने गर्दथ्यो । करिब १५ वर्ष अगाडी सम्म १२०-१२५ फिटमा पानी आउने गरेको र हाल ४००-४२५ फिटमा हाते कलले पानी दिने गरेको अनुभव छ । अझ जनकपुरकै कति पय स्थानमा ६०० फिट भन्दा वढि गहिराई सम्म हातेकल गाडेको देख्न सकिन्छ । यहाँ उठाउन खोजिएको कुरो के हो भने विगतको २०-२५ वर्षमा जनकपुरको water table घटनुको कारण के हो? वन विनाशको कारण हो वा शहरी क्षेत्रमा बढ्दो अवादी हो? वा भावर क्षेत्रमा पानीको बढदो extraction हो ? अन्य कुनै कारण हो? अनुसन्धान हुन जरुरी छ ।
अन्त्यमा, अहिले भइरहेको र भविष्यमा झनै बढ्ने तापमान वृद्घि र वर्षातको फेरबदलले जल र जंगलको सन्तुलनलाई दुई तरिकाले प्रभावित गर्नसक्छ । पहिलो, तापमान वृद्घिसँगै हुने सुक्खा र गर्मीमा रूखले गर्ने उत्स्वेदनदर बढ्छ । दोस्रो, वर्षातको समय, अवधि र आवृत्तिमा परिवर्तन हुँदा जलभरामा पानीको मात्रा कम हुनसक्छ । त्यसकारण पानीको मूल मासिनुका विविध रहस्यको उत्खनन अत्यन्त जरुरी छ । विस्तृत अध्ययन आवश्यक छ ।
(ख) DIWWCMP
जनकपुरधाम उपमहानगरपालिकाको लागि वैकल्पिक पानीको श्रोतको व्यवस्था गर्ने र चुरे भावर क्षेत्रको भूमिगत पानीको भण्डारण क्षमता अभिवृद्धि गरी जनकपुरधाम क्षेत्रमा गहिरिदै गएको पानीको समस्या समाधान गर्नको लागी रातु नदी देखि कमला नदीसम्म कम्तीमा १० वर्षको लागि तपशिल बमोजिमको उदेश्य परिपुर्ति गर्न धनुषा एकीकृत जल तथा जलाधार संरक्षण र व्यवस्थापन कार्यक्रम (Dhanusha Integrated Water and Watershed Conservation and Management Program- DIWWCM) संचालन गर्न आवश्यक देखिन्छ ।
१. धनुषा जिल्लाका चुुरे क्षेत्रको पानीका श्रोतहरु संरक्षण गरी भूमिगत पानी शोषण र भण्डारण क्षमता अभिवृद्धि गर्ने ।
२. धनुषा जिल्लाको रातु, वरहरी, औरही, जलाध, चारनाथ, र कमला नदीहरुको चुरे र भावर क्षेत्रमा प्रसस्त पानी पोखरीहरु निर्माण गरी वर्षाको पानी संकलन गरी सतही र भूमिगत पानीको भण्डारण क्षमता वढाउने ।
३. रातु देखि कमला नदीहरुको भावर क्षेत्रमा अन्तर-नदी सिचाई कुलो वनाई भावर र तराई क्षेत्रमा सिचाई गर्ने र भूमिगत पानीको भण्डारण क्षमता वढाउने ।
४. स्थानीय सरकार र समुदायको सहमतिमा चुरे तथा भावर क्षेत्रमा पानी पोखरी निर्माण भएको स्थानहरुवाट (Sub-surface Level को पानी Harvest गरी जनकपुर सम्म सप्लाईको व्यवस्था गर्ने ।
५. पानी उपयोग गरे वापत जनकपुर उपमहानगर पालिकाले स्थानीय सरकार र समुदायलाई सहमति भए अनुसार वातावरणीय सेवा भुक्तानी वापतको आर्थिक र अन्य सहयोग गर्ने ।
६. चुरे र भावर क्षेत्रमा रहेको वन जंगल, माटो र पानी संरक्षणको प्रदेश र स्थानीय सरकारहरुले नीति र कानूनी संरचना तयार पार्न सहयोग गर्ने ।
७. प्रदेश र स्थानीय सरकारको समन्वयमा धनुषा जिल्लाको नदीहरुवाट नदीजन्य पदार्थ निकाल्ने प्रक्रिया नियमन गर्न भावर क्षेत्रमा Silt Trap dam को मोडेल वनाई त्यसै ड्यामवाट मात्र वालुवा गिट्टी ठेक्का मार्फत निकाल्ने व्यवस्था गर्न सहयोग गर्ने र नदीहरुवाट नदीजन्य पदार्थ निकाल्ने जथाभावी दोहनलाई नियन्त्रण र रोकथाम गर्ने ।
धनुषा एकीकृत जल तथा जलाधार संरक्षण र व्यवस्थापन कार्यक्रमका क्रियाकलापहरु
- रातु नदीमा मात्रै १०३ वटा खहरे खोलाहरु छन् त्यसमध्ये ५० भन्दा वढी खहरेमा चेकड्याम, तटवन्ध, संरक्षण पोखरीहरु नियन्त्रण र संरक्षण भै सकेको देखिन्छ । रातु नदीको अन्य खहरेहरुमा पनि चेकड्याम, तटवन्ध, संरक्षण पोखरीहरु निर्माण गर्ने । हाई टेन्सन लाईनको पुनी उल्लेख्य मात्रामा जलाधार पोखरीको निर्माण गर्ने ।
- यस्तै औरही (विगही) नदी, जलाद नदीहरुको खहरे खोलाहरुमा सयौ खहरे खोल्सीहरु छन् । यी नदीका खहरेहरुमा पनि चेकड्याम, तटवन्ध, वृक्षारोपण वा वनसंरक्षण र पोखरीहरु निर्माण गर्ने ।
- यी नदीहरुको खहरेमा चेकड्याम, तटवन्ध, संरक्षण पोखरीहरु निर्माण गरी चुरेको माटो चुरेमा संरक्षण गर्ने अभियान नै चलाउने ।
- चुरे र भावर क्षेत्रमा सयौको संख्यामा पानी पोखरी निर्माण र संरक्षण गरी वर्षाको पानीको रोकथाम र संरक्षण गर्ने ।
- रातु नदी, औरही (विगही) नदी, जलाद नदी र कमला नदीमा चुरे वा भावर क्षेत्रमा क्गद(कगचाबअभ सतहको पानीको श्रोतको अध्ययन गरी पानी पोखरी निर्माण गरी सो पानी जनकपुर ल्याउने संभावनाको अध्ययन गर्ने (जस्तै वर्दिवासको खानेपानीको श्रोत संरक्षणवाट सिक्ने) ।
- सुनकोशी-कमला डाइभरसनको पानी जनकपुरको लागि खानेपानीमा प्रयोग गर्ने संभावनाको खोजी गर्ने ।
- चुरे र भावर क्षेत्रमा रहेको वन जंगल, माटो र पानी संरक्षणको नागरिक अभियान संचालन गर्ने र चुरेको श्रोेतको दोहन प्रभावकारी रुपमा रोकथाम गर्न सहयोग गर्ने ।
- चुरे र भावर क्षेत्रमा रहेको वन जंगल, माटो र पानी संरक्षणको प्रदेश र स्थानीय सरकारहरुले नीति र कानूनी संरचना तयार पार्न सहयोग गर्ने ।
- स्थानीय सरकारकोे समन्वयमा रातु नदी, औरही (विगही) नदी, वरहरी नदी, जलाद नदी, चारनाथ नदी र कमला नदीहरुमा क्ष्तिबतष्यल त्चबउ मबmवनाई त्यसै ड्यामवाट मात्र वालुवा गिट्टी ठेक्का मार्फत निकाल्ने व्यवस्था गर्न सहयोग प्रदान गर्ने ।
- चुरे र भावर क्षेत्रको निजी जग्गामा पानी पोखरी निर्माण गर्नलाई प्रोत्साहन गर्ने ।
- सिचाई मन्त्रालय र निकायहरुको समन्वयमा वागमती देखि कमला नदीसम्म सिजनल नदीहरुको वर्षाको पानी अन्तर-सिचाइ कुलो वनाई भावर क्षेत्रमा भूमिगत पानी भरनको व्यवस्था गर्ने ।
- यस संरक्षण र व्यवस्थापनवाट धनुषा जिल्लामा नदी किनारका सयौ विघा जमीन उकास हुने अपेक्षा गरिएको छ । यी नदी उकास जग्गामा वृक्षारोपण र अन्य आयमूलक कार्यक्रम संचालन गर्ने ।
संलग्न हुन सक्ने संभावित निकायहरु
- प्रदेश २ उधोग पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयहरु
- भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु
- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र निकायहरु
- सिचाई डिभिजन कार्यालय, जनकपुरधाम
- खानेपानी कार्यालय, जनकपुरधाम
- जनकपुरधाम वन प्राविधिक समाज
- सामुदायिक विकास तथा पैरवी मन्च, वर्दिवास
- जनकपुर उपमहानगर पालिका तथा चुरे क्षेत्रका पालिकाहरु
- मिथिला वाईल्डलाईफ ट्रष्ट
बिशेष धन्यवाद
चुरे विज्ञ डा. बिजय कुमार सिहं दनुवार र ईन्जिनियर रत्नेश्वर लाल कायस्थ
सन्दर्भ सामग्रीहरु
१. जनकपुरमा खानेपानीको गहिरिदो समस्या, कारण तथा संभावित उपायहरु, विजय कुमार सिंह, पिएच.डी, २०७८ कार्तिक २१, जनकपुरधाम वन प्राविधिक समाजको तेश्रो साधारण सभामा प्रस्तुत
२.A Presentation on STATUS AND CRISIS OF WATER RESOURCE IN TERAI MADHESH AREA, Er. Ratneshwor Lal Karna, Third General Assembly of Janakpurdham Foresters Association; Date: 2078 Kartik 21, Janakpurdham
३. पानीका मुहान सुक्नुको रहस्य, उत्तमबाबु श्रेष्ठ, कान्तिपुर दैनिक पुस २८, २०७८
लेखक महतो (M.Sc. NRM) उधोग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश नं. २, जनकपुरधाम का भू-संरक्षण अधिकृत हुन् । प्रतिक्रियाकाे लागि [email protected]
,