जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष जनकपुरधाम निवासी कैलाश सिरोहियालाई पक्राउ गरिएको विरुद्धमा जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। जनकपुरधामका नागरीक समाजको ब्यानरमा गरिएको विरोध प्रदर्शनमा जनकपुरधाम उद्योग बाणिज्य संघ, माडवाडी सेवा समिति सहितका नागरीक समाजका अगुवाहरुको सहभागीता रहेको छ।
प्रदर्शनको क्रममा सिरोहियालाई पक्राउ गर्ने शैलीलाई प्रजातन्त्रकै उपहास रहेको आरोप लगाइएको छ। त्यसैगरी जनकपुरधामको महाविर चौकमा युवाहरुले मंगलवार राती टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै गृहमन्त्री रवि लामिक्षाने विरुद्व प्रदर्शन गरेका छन् ।



२०६२-०६३ को जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई लोकतन्त्रमा यसरी नियोजित रुपमा घेराबन्दीमा र्पान खोजिनु नियोजित रहेको जनकपुरधामका नागरीक समाजको आरोप छ ।













