काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार (भोलि) प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको प्रमुख समर्थनमा उनी प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार भोलि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् ।



यसपछि उनले सोमबार शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले यसबारे जानकारी दिए ।
त्यही दिन मन्त्रीहरूले पनि शपथ ग्रहण गर्ने बताइएको छ ।




