वुधवार जनजागृत आधारभूत विद्यालय वडा नं.२ मा पुग्दा वालवालिकाहरु पशिना नै पशिनाले निथ्रुक्क भिजेका थिए । प्रचण्ड गर्मीका कारण कोही सुतिरहेका थिए भने कोही शिक्षक –शिक्षिकाले पढाईरहदा पनि त्यति ध्यान दिन सकिरहेका थिएनन ।
‘जस्ताले छाएको विद्यालयमा देखिएको विद्यार्थीहरुको यो दयनीय अवस्थाले बर्दिवासको शैक्षिक अवस्थालाई चित्रण गर्छ ।’ आफ्नो गाडीमा ६ थान पंखा बोकेर विद्यालय पुगेका कुमार भण्डारीले भने । ‘यो सानो सहयोग दिएर याँहा केहीपनि हुँदैन हामी त स्थानीय सरकारको आँखा खोल्न आएका हौ ।’




विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रतिनिधिलाई उक्त पंखा हस्तान्तरण गर्दै भण्डारीले स्थानीय सरकारको भूमिकालाई लिएर आपत्ति जनाए । उन्ले नगरमा भएका करोडौ राजश्व चलखेल र देखिएका कंयौ वेथितिहरुले सरकार शिक्षामा मात्र हैन हरेक क्षेत्रमा उदासिन देखिएको जिकिर गरे ।
स्थानीय सरकारले शिक्षा क्षेत्रलाई धराशयी वनाएको वताउदै यस क्षेत्रमा देखिएको विकृतिहरुलाई समेत नगरप्रमुख स्वयमले नै प्रोत्साहन गरेको आरोप लगाए ।
‘म बर्दिवास नगरपालिकाको विभिन्न विद्यालयमा पुगेको छु । सार्र्है दयनीय अवस्था छ ।’ भण्डारीले भने ।’शिक्षामा विकास नहुनु भनेको समाज अन्धकार तर्फ धकेलिनु हो ।’
सामाजिक कार्यमा सक्रिय वन्दै आएका भण्डारीले यस अघि पनि विभिन्न विद्यालयमा सहयोग गर्दै आएका छन । यसअघि इसामु नमुना आधारभूत विद्यालय विजलपुरालाई ५ थान ह्वाइट वोर्ड सहयोग गरेका थिए ।




