महोत्तरी- मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंघल महोत्तरीको मनराशिस्वा न.पा ०२ ठूलो कट्टि मा स्थापना गरिएको झंडा मेला अबलोकन तथा दर्शन गरेका छन ।
श्री महाविर झ्ण्डा समितिको आग्राह् मा मेला स्थल आईपुगेका मुख्यमंत्री सिंहसँगै भौतिक तथा पुर्बाधार मन्त्री मा.सरोज यादब,शिक्षा तथा संस्कृति मन्त्री मा. रानी कुमारी तिवारी,जसपा नेपाल बाट निर्वाचित सांसद सरोज सिंह कुशबाहा,मनराशिस्वा न पा का नगर प्रमुख मोहन पाण्डे,उध्योग बाणिज्य संघ जलेश्वरका अध्यक्ष लभराजा सिंह समतले मेला अबलोकन तथा दर्शन गरे ।



दर्शन पश्चात स्थानियहरुसंग मेला आयोजना बारे आफ्नो धारणा राख्दै मुख्यमंत्री सिंघले यस्ता मेला ले हाम्रो संस्कृति जोगाएको बताए । उनले मेलामा नेपाल तथा भारत का नागरिक समेत को सहभागिता ले मेलाको शोभा बढाएको थपे ।




