काठमाडौं – एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि मैदानमा टस जितेर जनकपुर बोल्ट्सले ब्याटिङ रोजेको हो ।



जित्ने टोली सिधै फाइनलमा पुग्ने भएकाले बलिया मानिएका दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । यी दुई टोली समूह चरणदेखि नै प्रतिद्वन्द्वीता चलिरहेको छ ।
लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई हराएपछि त्रिवि मैदानमा समर्थकबीच तनावको वातावरणसमेत सिर्जना भएको थियो । यसर्थ यी दुई टोलीबीचको भिडन्तलाई ‘क्लासिको’को संज्ञा दिइएको छ ।




