जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको खुसियालीमा मधेस प्रदेशको एक स्थानीय तहमा बिदा दिइएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिदा दिइएको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । त्यस अवसरमा आज ‘स्थानीय’ बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवद्वारा जारी सूचनामा जनाइएको छ ।



“सखुवा प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८१।०९।०६ गतेको निर्णयानुसार भोलि मिति २०८१।०९।०७ गते आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक एक दिनको स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।




