महोत्तरी- लागु औषध सहित दुई युवकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेमा सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् । उनिहरुले भारतबाट लागु औषध बाेकेर नेपाल भित्र्याउन लागेको अवस्थामा पक्राउ परेका हुन् ।



जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सी स्थित प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषध सहित पक्राउ परेका थिए ।
ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।




