धनुषा – नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । आज बिहान ९ः४० बजे देउरी परवाहा स्टेशनदेखि पूर्व रेल्वे लिकमा एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, जयनगर जनकपुर रेल्वेमा कटेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान अझै हुन नसकेको जनाइएको छ ।




कानमा ईयरफोन लगाएर रेल्वे लीकमा हिडीरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेल्वेमा कटेर ज्यान गएके हो ।
रेल्वे आफ््नो गतिमा रहेको बेला रोक्न खोजेपनि उनको ज्यान भने बाँच्न सकेनन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।




