जीवनराज दाहाल,बर्दिवास- बुढ्यौली साहित्य समाज महोत्तरीले २१२औँ भानु जयन्तीको अवसरमा असार २९ गते आइतबार एक विशेष साहित्यिक कार्यक्रम आयोजना गर्दै आफ्नो छैटौँ साहित्य शृङ्खला सम्पन्न गरेको छ ।
जनता नमुना माध्यमिक विद्यालय, बर्दिबास–२ को सभाहलमा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षता र बुढ्यौली साहित्य अभियानका प्रेरक तथा चर्चित नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।




समाजका सचिव नारद प्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा सदस्य मोहन गिरिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा राखिन्द्र दहाल, विना हमाल, नारायण खड्का, उद्धव ‘अविचल’, अम्बिका दहाल, विपिराज दहाल, नेत्र रम्तेल, महमद कामरुदिन नदाफ, दिनेश ‘गरिब’ पौडेल, प्रकृति पाण्डे, राजेश्वरी काफ्ले, प्रेम घिमिरे, गोपाल बराल, गणेश तिमिल्सिना, नारायण घिमिरे, गणेश घिमिरे, बोधराज दहाल र नीर प्रसाद शर्मा लगायत सर्जकहरूले आफ्नो साहित्यिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा अतिथिका रूपमा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्ले, जनवादी लेखक सङ्घ सितामढी (भारत)का कोषाध्यक्ष कामरुदिन नदाफ, विद्यालयका प्रधानाध्यापक तोप बहादुर ठकुरी, बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल बराललगायतले भानुभक्त आचार्यको योगदानमाथि प्रकाश पार्दै उहाँको नाम नेपाली भाषामा अमर रहेको बताएका थिए ।
शुभकामना मन्तव्य दिने विशिष्ट व्यक्तिहरूमा मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, सर्लाही साहित्य समाजकी उपाध्यक्ष राजेश्वरी काफ्ले, लेखनाथ स्मृति सदनका दिनेश पौडेल, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल, सचिव नीर प्रसाद शर्मा, कमला कला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, प्रलेस धनुषाका अध्यक्ष गणेश घिमिरे, साहित्य अनुरागी नेत्र रम्तेल, शिक्षासेवी अम्बिका दहाल, साहित्यप्रेमी नारायण खड्का, बोधराज दहाल, जनसांस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य विमला वि.क., बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान अध्यक्ष रामचन्द्र पौडेल, प्रलेस नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेजस्ता दर्जनौँ स्रष्टा एवं साहित्यानुरागीहरूको उपस्थिति थियो ।
कार्यक्रमको समापनमा सभाध्यक्ष पोखरेलले सम्पूर्ण सहभागीप्रति आभार प्रकट गर्दै साहित्यको माध्यमबाट समाजमा चेतना र सिर्जनशीलताको विकास गर्न निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि रमेश मोहन अधिकारीले भानुभक्तको साहित्यिक योगदान र नेपाली भाषाको संवर्द्धनमा उहाँको भूमिका माथि विशेष विचार राख्दै बुढ्यौली साहित्य समाजजस्ता संस्थाहरूको भूमिका प्रति प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रमले भानु जयन्तीलाई स्मरणीय बनाउनुका साथै स्थानीय साहित्यिक वातावरणलाई थप जीवन्त बनाएको सहभागिहरूले बताए ।




