महोत्तरी – महोत्तरीको भंगहाबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल र कार ठोक्किएका छन् । आइतवार विहान जनकपुरधामस्थित थापाचोकमा रेल्वे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएहो हो ।
बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार र रेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भने नभएको धनुषा प्रहरीले जनाएको छ।




घटना बारे पत्रकार घनश्याम मिश्रले भन्नुभयो, “खासमा भन्ने हो भन्ने न कार ले रेललाई ठक्कर दियो न रेलले कारलाई ठक्कर दियो । दुबै आफ्नो गन्तव्यको लागि हिडेको थियो । कार चालकले रेल आउनु पूर्व म कटी हालछु भनेर अगाडि बढ्यो तर कार रेलको लीकमा फस्न पुग्यो तब सम्म पश्चिम दिशाबाट रेल आई पुग्यो ।
उसले पनि रोक्न खोजेको देखिन्छ तर पनि कारलाई धक्का लागेर केहि धेकिलियो । कार चालक सामान्य घाइते छन्। कारलाई क्षति पुगेको छ । क्षतिग्रस्त कारलाई स्थानियको सहयोगमा प्रहरीले उद्धार गरेर घाइते कार चालकलाई उपचारको लागि पठाईदिएको छ ।”




