काठमाडौं – नेपालको मनसुन केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ। यद्देपि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । कोशी ,बागमती , मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागलगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई र बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



यसैगरी आज राती कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भु-बागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।




