महोत्तरी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ ।
प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
२७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।




