जनकपुरधाम । जनकपुरधाम सहित विभिन्न शहर, नगर र गाउँहरुमा जेन–जीहरुको सडकमा टायर बालेर बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्।
बिहानै देखि जनकपुरको रामानन्द चोक, भानुचोक, बस पार्क , कदम चौक, बजरंग चोक लगायतका स्थानमा टायर बालेर युवाहरु प्रदर्शन गरिरहेका छन् ।

जेन जीहरुको समुहले सदरमुकाम महेन्द्रनगर, ढल्केवर, लक्ष्मिनिया, सपहि सहित विभिन्न ठाउँहरुमा प्रदर्शन गरिरहेका छन् ।




विभिन्न क्याम्पसमा अध्यणरत जेन जीहरुको समूहले ड्रेस लगाएर सयौँको संख्यामा हरेकाहरुले जनकपुरमा बिहानैदेखि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक समेत अवरुद्ध गरेको छ।
सडकमै टायर बालेर तथा मुढाहरु राखेर सडक बन्द गराएपछि जनकपुरधाम आउने र बाहिर जाने यात्रुहरु अलपत्र परेका छन् । कार्यालय जाने कर्मचारीहरु समेत वैकल्पिक बाटो प्रयोग गर्न वाध्य छन् ।

त्यसैगरी प्रदर्शनकारीहरुले नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गर्नुको साथै आगजनी समेत गरेका छन् ।
उनिहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गर्दै आगजनी समेत गरेका हुन् ।
त्यस्तै प्रदर्शनकारीहरुले जनकपुरधामको पीडरीयामाइ स्थित नेपाली काँग्रेसका पार्टी कार्यालय र स्वर्गद्वारी नजिक रहेको नेकपा एमालेका पार्टी कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।
जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।
विद्यार्थीहरुले जेन–जीहरुको अविलम्ब माग पूरा गर्नुपर्ने र हत्या गरिएका जेन–जीहरुलाई सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् ।

जेनजी युवाहरु भेला भएर गरिरहेको प्रदर्शनमा बिद्यार्थी मार्न पाइँदैन लगायत सरकारविरुद्ध चर्को नाराबाजी गर्दै सरकारमा बसेकाहरु सबै भ्रष्टाचारमा लिप्त भएको भन्दै विरोध जनाएका छन् ।

यस्तै सुरक्षाकर्मीले हस्तक्षेप नगरे पनि जुलुशको निगरानी भने राखिरहेको छ । यसक्षेत्रको विद्यालयहरु समेत आज बन्द छ ।




