महोत्तरी – महोत्तरीको बर्दिबासमा जेन–जि समूहले गरेको आन्दोलनका क्रममा आगजनी हुँदा एक जना गम्भीर घाइते भएका छन्।
बर्दिबासको मुख्य चौकमा रहेको पावन मिथिला होटलमा आन्दोलनकारीले आगजनी गर्दा सो होटलमा काम गर्ने लेखापाल प्रदीप महतो जलेर गम्भीर घाइते भएका हुन्।



घाइते महतोलाई प्रारम्भिक उपचारका लागि तत्कालै स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। तर, अवस्था गम्भीर बनेपछि थप उपचारका लागि उनलाई काठमाडौं लैजाने तयारी भइरहेको होटलका अन्य कर्मचारीहरूले बताएका छन्।




