जनकपुरधाम – महोत्तरीमा बोक्सा बोक्सी आरोपमा देवर-भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई जिल्ला अदालत महोत्तरीले धरौटीमा छाड्न आदेश दिएको छ ।
घटनामा संलग्न आरोपमा पक्राउ परेका औरही नगरपालिका वडा नं. ९ अगलेसराकी ३५ वर्षीया रामशिला देवीलाई छोड्न आदेश दिएका हुन् ।



न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले बुधवार रामशिलालाई चार लाख धरौटीमा छोडन आदेश दिएको हो । यद्यपी अदालतमा आरोपीले धरौटी रकम तत्काल बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ ।
महोत्तरीको औरही नगरपालिका-९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई कात्तिक ११ गते साँझ ‘बोक्सा-बोक्सी’को आरोप लगाउँदै ४० वर्षीय शिलादेवी मण्डल, उनको १६ वर्षीय छोरा रामउदेश मण्डल, ३५ वर्षीया दुखिया देवी र दुखियाका १५ वर्षीय छोरा कृष्ण मण्डललले दुवै जनालाई कुटपिट गरी मलमुत्र खुवाएको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित पक्षले मलमूत्र खुवाई कुटपिट र लुटपाट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपिट कसुर शीर्षकमा किटानी जाहेरी दिएका थिए ।
विजयादशमी अघि शिला देवीका पति र झप्सी सँगै बसेर मदिरा सेवन गरेको र सोही रात शिला देवीको पतिको मृत्यु भएको थियो । त्यसपछि कात्तिक ११ गते भएको मोटरसाइकल दुर्घटनामा शिला देवीको छोरा रामउदेशको ज्यान गएपछि टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी कुटपिट गरी मलमुत्र खुवाएको थियो ।
प्रहरीले देवर-भाउजूलाई कुटपिट गरिएको भोलिपल्टै आरोपीमध्येको रामशिला देवीलाई नियन्त्रणमा लिएको थियो ।




