आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ को तर्फबाट डा. मुकेशराज काफ्लेले आज मनोनयन दर्ता गराएका छन्।
काफ्लेको मनोनयन दर्तामा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का सभापति महेशकुमार झा प्रस्तावक तथा नेपाली कांग्रेस का महासमिति सदस्य तथा बर्दिबासका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री समर्थक रहेका छन् ।








