जनकपुरधाम- प्रतिनीधिसभा निर्वाचन अर्न्तगत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ । इन्सेकद्दारा आज जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रोमवहादुर महतले सो जानकारी दिदै धनुषा जिल्लामा चार निर्वाचन क्षेत्र अर्न्तगत एक सय ५४ जना उम्मेदवार रहेको जानकारी दिनुभयो ।

कार्यालय प्रमुख महतका अनुसार निर्वाचन आयोगको आवाहन तथा पत्र अनुसार प्रतिनिधिसभा निर्वाचन अर्न्तगत प्रत्येक उम्मेदवारले बैंक खाता खोलेर आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने भएकोले खाता खोल्नुपर्ने अतिआवश्यक रहेको छ । साथै आयोगले तोके अनुसार खर्च गर्नुपर्ने रहेको छ । निर्वाचन आचार सहिता विपरीत जिल्लाको विभिन्न स्थानमा राखिएका एक लाख ५० हजार निर्वाचन प्रचारका सामाग्री नियन्त्रणमा लिइएको जिल्ला आचार सहिता अनुगमन अधिकृत कृष्ण गंैरेले भन्नुभयो । साथै निर्वाचनलाई प्रभावकारी वनाउनका लागि आचारसंहिताको पूर्ण पालनागर्न तथा गराउँन उहाँले सवैलाई आग्रह गर्नुभयो । आचार संहिता विपरीत कार्यगर्नेलाई कानून वमोजिम कार्यवाही हुने चेतावनी समेत दिनुभयो ।




सोही अवसरमा इन्सेकका संस्थापक अध्यक्ष सुशीलराज प्याकुरेलले नेपालमा निर्वाचनका वेला आचारसंहिता लागूहुदै आएपनि त्यसको पालना न्युन भएकोले यसलाई व्यहारमा उर्तान सवैलाई आग्रह गर्नुभयो । यसैवीच धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले यही फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनलाई निस्पक्ष तथा धाधंलीरहित वनाउनका लागि निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सवैलाई आग्रहगर्नुभयो । प्रमुख जिल्ला अधिकारी लुइटेलले निर्वाचनको सम्पूर्ण वातावरण निमार्ण भएकोले निर्वाचन निस्पक्ष हुने विचार व्यक्त गर्नुभयो । साथै उहाँले निर्वाचनलाई शान्तिपुर्ण तथा सयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेखगर्दे मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँच देखि सात मिनटमा थप सुरक्षा निकाय पुग्ने छ उहाँको भनाई थियो । उहाँले कुनैपनि राजनीतिकदल तथा उम्मेदवारलाई सामाजिक संजाल मार्फत चरित्र हत्यागर्ने कार्यवन्द गर्नुपर्ने तथा त्यस्तो गरेको प्रमाण सहित फेला परेमा कार्यवाही हुने चेतावनी दिनुभयो ।
धनुषा जिल्लामा प्रतिनीधि सभाका सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जस अर्न्तगत जिल्लामा ६सय ४५मतदान केन्द्र तथा तीन सय २२ मतदान स्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलको रुपमा राखिएको छ । सो निर्वाचनमा तीन हजार आठ सय ७५ कर्मचारी परिचालन भएको वताइएको छ । तथा चार हजार पाँच सय म्यादी प्रहरी पनि छनौट भईसकेको छ । यस जिल्लामा उम्मेदवारको संख्या एक सय ५४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




