महोत्तरी – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
बुधबार महोत्तरीको बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश तथा स्थानीय तह केन्द्रित मधेश प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेश प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसकै निरन्तरता रहने स्पष्ट पारे ।



उहाँले पार्टीको संगठनात्मक सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर पार्टी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । साथै, कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीका हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसतर्फ सक्रिय हुन निर्देशन दिए ।
सभापति थापाले लोकतान्त्रिक मूल्य, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासमार्फत कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरे ।




