सुजाता राई
विराटनगर। किरात राई सुम्निमा संघ विराटनगर महानगर समितिको गठन आइतबार सम्पन्न भएको छ। नवगठित समितिको अध्यक्षमा सुनिता छाराहाङ राई चयन भएकी छन्।



त्यसैगरी उपाध्यक्षमा सुजाता राई, सचिवमा सपना राई, सहसचिवमा ज्ञानु राई तथा कोषाध्यक्षमा सृजना राई चयन भएका हुन् । भने सदस्यहरूमा अम्रिता राई, लक्ष्मी राई, विवला राई, आशा राई, बलनसरी राई, लगन राई, बालकुमारी राई र विष्णु राई चयन भएका छन्।

कार्यक्रममा जिल्ला समितिका उपाध्यक्ष नन्दनी राई, सचिव ससी राई तथा सहसचिव आनन्द राईको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै यायोक्खाका अध्यक्ष विष्णु राईले किरात राई जातिको जातीय पहिचान संरक्षण, लैङ्गिक समानता, हकहित प्रवर्द्धन, सिर्जनशीलता र क्षमता विकास तथा मौलिक पहिचानको अभिवृद्धिका लागि सुम्निमा संघ निरन्तर सक्रिय रहने बताए। सामाजिक न्याय, समानता र सांस्कृतिक अधिकारको संरक्षणका लागि संघले संगठित ढंगले काम गर्ने उनको भनाइ थियो।
नवगठित समितिले किरात राई समुदायको सामाजिक, सांस्कृतिक तथा अधिकारसम्बन्धी अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।




