अन्जनी कुमारी, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार बिरेन्द्र चौधरी बिजयी भएका छन् । ४ सय ४५ मत प्राप्तगरी चौधरी विजयी भएका हुन् ।
चौधरी दोस्रो पटक गौशाला नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्ष पदमा बिजय भएका हुन् । निर्वाचन कार्यालय गौशालाका अनुसार चौधरीका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका फेकन महतोलाई ४४ मतले पछि पार्दै जित हात पारेका हुन् ।



महतोले ४ सय १ मत प्राप्त गरेको निर्वाचन अधिकृत मदन प्रसाद जयसवालले जानकारी दिए ।




