काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीको चुनावी नतिजा आएसँगै प्रथम महाधिवेशन लगभग सकिएको छ ।
अब निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीले शपथ लिन बाँकी छ ।



रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, खुलातर्फको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार भएको बाँकी पदाधिकारीको चुनावमा महिलातर्फ उपसभामतिमा सोविता गौतम निर्वाचित भइन् । त्यस्तै, महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।
सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह निर्वाचित भए भने महिला कोटातर्फको सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् ।




