काठमाडाैँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै) राख्ने निर्णय गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्राेलियम पदार्थकाे मूल्य स्थिर रहेकाे जानकारी दिएकाे हाे।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमाेजिम मूल्य समायोजन हुन नसकेकाे विज्ञप्तिमा उल्लेख छ। निगम सञ्चालक समितिको आजको निर्णयअनुसार नयाँ मूल्यसूची भाेलिदेखि लागू हुने छ।








