धनुषा – बटेश्वर गाउँपालिकामा सार्वजनिक सेवा तथा सुशासन सुधारका लागि सरोज कुमार महतो नेतृत्वमा युवाहरूले ५ बुँदे मागसहितको पत्र गाउँपालिकामा बुझाएका छन्।
पत्र बुझाउँदा गाउँपालिका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फुलकुमारी सिंहको उपस्थितिमा राजिव कुशवाहा र कमलेश सिंह लगायतका युवाहरूको समेत सहभागिता रहेको थियो। अध्यक्ष र उपाध्यक्षले मागहरूलाई प्राथमिकताका साथ छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



मागमा २४ घण्टा एम्बुलेन्स सेवा, रेडबुक सार्वजनिक, सरकारी सवारीसाधनको अनुगमन, CCTV मर्मत तथा विस्तार र नागरिक बडापत्र अनिवार्य राख्नुपर्ने विषय समेटिएका छन्।




