महोत्तरी – बलबा नगरपालिका ले पालिकाभित्र रहेका दलित,असहाय,अशक्त क्षयरोगका बिरामीलाई लक्षित गरी पोषण आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
बलबा नगरपालिका र BNMT नेपालको सहकार्य मा नगरपालिकाभित्र उपचाररत १५ जना दलित,असहाय,अशक्त क्षयरोगका बिरामीहरुलाई पोषण आहार वितरण गरिएको हो।

वितरण गरिएको पोषण आहार को प्याकेजमा २५ किलोग्राम मन्सुली चामल एक बोरा, एक किलोग्राम रहर दाल, एक लिटर सोयाबिन तेल, एक किलोग्राम पिठो र १.५ किलोग्राम चना समावेश गरिएको छ। त्यसैगरी शाकाहारी बिरामीका लागि एक किलोग्राम सोयाबिन तथा मांसाहारी बिरामीका लागि एक क्यारेट अण्डा उपलब्ध गराइएको छ।



सो कार्यक्रम मा क्षयरोग को लक्षण,कारण,र सो को उपचार सम्बन्धी सचेतना तथा जानकारी मुलक संदेशहरु बलबा नगरपालिका का जनस्वास्थ निरीक्षक राम कुमार माझी र BNMT नेपाल का प्रादेशिक कार्यक्रम संयोजक डा.मनोज कुमार साह ले सन्युक्त रुपमा जानकारी गराउनु भयो!

क्षयरोगका बिरामीलाई उपचार अवधिभर आवश्यक पोषणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम छ महिनासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।
पोषणयुक्त आहारले बिरामीको स्वास्थ्यमा सुधार ल्याउन तथा नियमित उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको भनेर नगर प्रमुख राम बिजय महतो को भनाइ रहेको छ।




