काठमाडौं – काठमाडौँमा निरन्तर वर्षा हुँदा टियू क्रिकेट मैदानमा पानी जमेको छ। जसका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ।
दिउँसो २ बजेसम्म वर्षा हुनसक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्। शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल खेलाइने कार्यतालिका छ।








