सुजाता राई
विराटनगर। नोबेल साकोस विराटनगरको ४८ औँ नियमित काव्यगोष्ठी अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्व तथा प्राध्यापक तथा बरिष्ठ साहित्यकार कबिराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।




कार्यक्रममा लक्ष्मी चौधरीलाई साहित्यिक योगदानका लागि सम्मान गरिनुका साथै भुटानी चारुकार लक्ष्मीदास शर्माको चारुसङ्ग्रह ” चारु सरोबर ” विमोचन गरिएको थियो।

सुजाता राइले संचालन गरेको भव्य कार्यक्रममा कविराराज न्यौपाने , छवि वैरागी घिमिरे , देवी पन्थी, ममता मृदुल, नीरा भगत केशु विरही आदिले रचना सहित मन्तव्य राखेका थिए। कार्यक्रममा पैंतीसजना कवि कवयित्रीको उपस्थिति थियो। भव्य समारोह बीच संचारकर्मी गोपाल पोख्रेलले चारु सरोबरको टिप्पणी गरेका थिए।





