विराटनगर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि विराटनगर रंगशालामा आयोजित कोशी प्रदेशस्तरीय बक्सिङ छनोट प्रतियोगितामा उदयपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन्।

प्रतियोगिताको अन्तिम नतिजाअनुसार महिला र पुरुषतर्फ गरी १७ खेलाडीले स्वर्ण पदक जितेका छन्। उदयपुरका पाँच, धनकुटाका दुई तथा खोटाङ, इलाम, सुनसरी, झापा, पाँचथर, तेह्रथुम, मोरङ र सोलुखुम्बुका एक–एक खेलाडी स्वर्ण पदक विजेता बनेका छन्।




महिलातर्फ ४८ केजी तौल समूहमा खोटाङकी मनिषा राई, ५१ केजीमा इलामकी सङ्गीना राई, ५४ केजीमा उदयपुरकी मुस्कान तुलाधर, ५७ केजीमा धनकुटाकी करुणा राई, ६५ केजीमा धनकुटाकै ग्रेस्टा श्रेष्ठ, ७५ केजीमा सुनसरीकी नुमा लिम्बू र ८० केजीभन्दा माथिको तौल समूहमा झापाकी त्रिशा जाबेगुले स्वर्ण पदक जितेका छन्।

त्यसैगरी पुरुषतर्फ ५० केजीमा सुनसरीका मंगलप्रेम दिवाकर गुरुङ, ५५ केजीमा पाँचथरका फुङलाङ कम्बाङ लिम्बू, ६० केजीमा उदयपुरका आरडी थापा मगर, ६५ केजीमा तेह्रथुमका अनिश भुजेल, ७० केजीमा उदयपुरकै सुनील कार्की, ७५ केजीमा उदयपुरकै मेलिश लामा, ८० केजीमा मोरङका सुमन शाह, ८५ केजीमा सोलुखुम्बुका नुर्बु शेर्पा, ९० केजीमा झापाका रियाज ढकाल र ९० केजीभन्दा माथिको तौल समूहमा उदयपुरका पुष्पलाल न्यौपाने स्वर्ण पदक विजेता बनेका छन्।
प्रतियोगिताको बक्सिङ संयोजक हरि राउत थिए।




