
जनकपुरधाम- आवयश्क परेकाहरुलाई ब्लडको आपुर्तीमा दिन रात खटने युवाहरुको समुह ‘ब्लड फर नेपाल’ को तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न नियमित २०० रक्तदाताहरुलाई संस्थाद्वारा सम्मान गर्दै तेस्रो बार्षिकोत्सव मनाइएको ब्लड फर नेपालका धनुषा संयोजक अविनाश सिंह राजपुतले जनाएको छ ।
सिंहको अध्यक्षता र प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री यादवले युवाहरुको अभियानको सराहना गरे । ‘तपाई युवाहरु बिना लोभ र लालच कोरोना जस्तो महामारीमा पनि आफनो ज्यानको प्रवाह नगरि ब्लडका लाग अस्पतालमा पर्खिरहेकाहरुको सेवा गर्नुहुन्छ’ मन्त्री यादवले भने, ‘तपाँइहरुको जति सुकै प्रशंसा गरेपनि र साधुवाद दिएपनि कम हुन्छ ।’

ब्लड फर नेपाल धनुषाका संयोजक सिंहले ब्लडको जात, धर्म र समुदाय नहुने बताउदै रक्तदान जिवनदान निरन्तर गर्नुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद परमेश्वर साहले पनि युवाहरुको सो कार्यको प्रशंसा गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रदेश २ प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकार , जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा नेता राकेश बिक्रम साह सहितको उपस्थिती थियो ।

कार्यक्रमका बिच नेपालका धनुषा संयोजक राजपुतद्वारा आफ्नो पद नयाँ कार्यकालका लागि नियुक्त भएकी धनुषा संयोजक निर्जला तिमिल्सिना र सह–संयोजक बलराम गुप्तालाई पद हस्तान्तरण समेत गरिएको छ ।
साथै वार्षिकोत्सवकै अवसरमा आजै जानकी वृधाश्रममा खाद्यान्न तथा फलफूल बितरन कार्यक्रम समेत सफलता पुर्वक सम्पन्न समेत गरिएको छ।