
महोत्तरी । जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको बुधवार बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
५० वर्ष अघिदेखि निरन्तर मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको बिहीवार बिहान ७ बजे निधन भएको हो ।
भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरूमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जंगलमा बस्दै आएका थिए । स्थानीयका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरूको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गणमा भेला भएका छन् ।