
महोत्तरी। प्रचण्ड घाम र गर्मीका कारण महोत्तरीमा सर्पदंशका बिरामी बढ्न थालेका छन्।
जिल्ला अस्पताल जलेश्वरमा आजभोली हरेक दिन सर्पले डसेका ८।१० जना बिरामी उपचारको लागि पुग्ने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा।सतिश साहले जानकारी दिए।
‘सामान्य अवस्थामा दैनिक एक÷दुई जना सर्पदंशका बिरामी आउने गरेका थिए,’ साहले भने, ‘तर, आजभोली दैनिक ८ देखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।’
केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा।साहले बताए। पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरिएको छ।
सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको स्थानीयले बताएका छन्। कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा।साहले बताए।
सर्पले टोकेर अस्पताल पुग्नेमध्ये बढीलाई विषरहित सर्पले डसेकोे पाइएको छ। अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन्। महोत्तरीमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायतका छन् भने विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने र सबैतिर सजिलै भेटिने करेत र गोमन हुन्।
जलेश्वर अस्पतालमा सीमापारि भारतका विभिन्न ठाउँबाट पनि सर्पले डसेको बिरामी उपचारका लागि आउने गरेका छन्। यस वर्ष अहिलेसम्म सर्पले टोकेर जलेश्वर अस्पतालमा उपचारका लागि आइसकेका कुनै पनि व्यक्तिको मृत्यु नभएको डा। साहले जानकारी दिए।
जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम पर्याप्त मात्रामा छ। सर्पले डसेका बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल ९डोज० लगाउने गरिन्छ। रासस