
फोटो : टुडेपाटी
मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृत्यु भएको हो ।
एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका छन् ।
[caption id="attachment_1274" align="alignnone" width="720"]
फोटो : टुडेपाटी[/caption]
त्यहाँ कार्यरत्त नेपालीहरुका अनुसार मदनलाई अचानक पेट दुखेको र कम्पनीले समयमै उपचारको व्यवस्था र एम्बुलेन्स उपलब्ध नगराउँदा तत्कालै मृत्यु भएको हो ।
मलेसिया सबभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारका लागि जाने देशको सूचिमा पर्छ ।विभिन्न कारणले बेला बेला नेपाली श्रमिकको मृत्यु हुने गरेको छ ।
