
सिरहा- सिरहाको लहानमा प्रदेश २ कै सब भन्दा ठूलो लगानीमा शैक्षिक संस्था तथा SOS स्कूलको स्थापना भएको छ।
समाजिक मुल्यमान्यता तथा जिम्मेवारी निर्वाह गर्दै समाज परिवर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहने कुराको मध्यनजर गर्दै स्कुलको स्थापना गरेको संचालक सुदिप राज कुशवाहाले बताए।

स्कुलका प्रीन्सिपल अभि नारायण निरौलाका अनुसार यस स्कुलले घरमै बसेर अन्तर्राष्ट्रिय रिलेशन सीप बनाउने र अहिलेको नयाँ युवा पुस्ताले चाहेको प्रबिधिको माध्यमले शिक्षा दिने वातावरण स्कुलले दिने छ।
स्कुल संचालक समितिका सदस्य राकेश झाका अनुसार नेपालमा मात्र हैन,अन्तर्राष्ट्रिय रुपमा यो स्कुलको बिकास होस भन्ने हाम्रो चाहना रहेको बताए।