
महोत्तरी- फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सितापुर भंगहा शाखा कार्यालय महोत्तरीले सदस्यको मुत्यु बापतको कर्जाको बिमा रकम वितरण गरेको छ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ऋणी को १ लाख ५० हजार कर्जा मिनाहा गरि थप रकम सो कर्जाको २०% क्रिया खर्च ३० हजार उपलब्ध गराएको छ। फरवार्डले भंगहा ५ टिकुलिया कि सतिया देवी एक वर्ष अघि लिएको सम्पूर्ण ऋण मिनाहा गरि थप २० प्रतिशत थपेर उपलब्ध गराएको हो।
ब्यापारको लागि २०७८ कार्तिक २३ गते फरवार्ड बाट कर्जा लिएकी सतिया देवी को पुस ३० गते असामायिक निधन भएको थियो । फरवार्डले मृतकको घरमै पुगेर छोरा रोशन बातरलाई बाँकी रहेको कर्जा ६१ हजार ९६९ काटेर १ लाख १८ हजार ३१ हस्तान्तर गरेको शाखा प्रबन्धक धर्मेन्द्र कुमार यादवले जानकारी दिए ।
स्थानीय कैलाश माथेमा र फरवार्ड शाखा कार्यालयका प्रबन्धक धर्मेन्द्र कुमार यादव, कर्मचारी रमेश कुमार उरावको उपस्थितिमा मृतक परिवारलाई चेक हस्तान्तरण गरिएकाे हो।
महिलाहरुलाई आर्थिक सशक्तिकरण अभियानमा जोड्दै उनीहरुको आर्थिक सामाजिक स्थित सम्पुर्ण लघुबिक्त संस्थाहरुले खेलेको संस्थाहरुले गाउँ गाउँ गएर बिना धितो सामुहिक जमानी कर्जा प्रवाह गर्दै आर्थिक सवलिकरणका अभियानहरु संचालन गर्ने गर्दछ।