
Chairperson of Federal Socialist Forum Nepal Upendra Yadav talking to journalists in Birgunj on Tuesday, January 5, 2016. Photo: RSS
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएका हरुलाई विनाहिच्किचाहट पार्टीमा फर्किन आग्रह गरेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नुपूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुगेकाहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
‘यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शाक्तिहरु षड्यन्त्रमूलक ढंगले जनता समाजवादी पार्टी, नेपालविरुद्ध लाग्दै ‘फुटाउ र राज्य गर’ नीति अनुरुप सक्रिय छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता शक्ति चिन्तन र विचारको प्रतिकार गर्दै प्रतिगमनकारी र यसका मतियार तथा स्वार्थी एवम् पड्यन्त्रकारी व्यक्तिहरु र प्रवृतिहरुप्रति सतर्क र सचेत रहन समयको माग हो ।’
देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक भक्ति निर्माण गर्ने कार्यलाई मूर्त रुप दिन अहिले पनि गम्भीर रुपले लाग्नु जरुरी रहेको उनको भनाइ छ ।
फरकधार
