
जनकपुरधामको धनुष सागर पोखरीमा शनिबार एकाबिहानै युवकको लास भेटेको छ ।
शुक्रबार बेलुका पोखरीमा डुबेको स्थानीय युवक सन्तोष सहनीको शव शनिबार विहान पोखरीको छेउमा तैरिरहेको अवस्थामा फेला परेको छ । युवकको उमेर ३५ वर्षको थियो भने, युवकको घर कटैया चौरी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसनधान अनुसार युवक नुहाउन गएको बेला डुबेर मृत्यु भएको प्रहरीको भनाई छ भने, शवको पोस्टमार्टम भएपश्चात यकिन हुने प्रहरीले जनाएको छ ।
शुक्रबार युवक पोखरीमा डुबे पश्चात प्रहरी, स्थानीय र सस्त्र प्रहरीको टोलीले घण्टौ युवकलाई खोजेका थिए । अबेर राती सम्म नभेटेपछि आज बिहान आफै युवकको लास पोखरीको माथि तैरिरहेको स्थानीयको भनाई छ । केही स्थानीयवासीको अनुसार युवकले मदिरा सेवन गरि पोखरी छेउमा डुलिरहदा युवक पोखरीमा डुबेको थियो ।
https://shirishnews.com/news/1574.html