
महोत्तरी। धनुषा जिल्लाको सबैलामा एक गरिव परिवारलाई विजलपुरा युवा समाज सेवा संस्थाले सहयोग गरेका छन ।
करिब एक वर्ष देखि बिरामी भएका कारण अर्थिकरुपमा कमजोर भएका सबैला नगरपालिका वडा-४ सबैला बस्ने राम चलितर राउतलाई सो संस्थाले आर्थिक सहयोग गरेको हो ।
https://www.facebook.com/104607344773010/videos/343987307370112
नेपाल घर भई विदेशमा रहेर पैसा संकलन गर्दै आपतविपतमा परेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले अफु यो संस्था संचालक गरेका संस्थाका अध्यक्ष्ा सगिन्द्र राउतले शिरीष सन्चाकर्मी लाई बताएका छ्न।सोही अनुरुप आज धनुषाको सबैला बस्ने राम चलितर राउतलाई नगद १० हजार ५५ रुपैयाँ, २५ किलो चावल, ५ किलो आलु, २ लिटर खानेतेल, सावुन ४ थान, १ किलो सोवावीन, १० किलो आटा, नुन २ पोका, ५ किलो दाल, मछर जाली-१थान, ५० पिस मास्क लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष्ाले जानकारी दिनुभयो ।
परिवारको अवस्थालाई मध्यनजर गर्दै राम चलितरलाई सहयोग गरेको संस्थाका कोषाध्यक्ष उपेन्द्र राउतले बताएका छन् ।
मलेशिया, दुबैई, कतार, भारत, साउदीमा रहेका युवाहरु मिलेर प्रत्येक महिनाको एक व्यक्तिले १ हजार देखि ५ हजार सम्मको रकम उठाएर यस्ता पडित व्यक्तिहरुलाई सहयोग गरिरहेको संस्थाका अध्यक्ष्ा राउत र संस्थाका अर्का प्रतिनिधि निरज राउतले जानकारी दिनुभएका छ्न ।















