
औरही,महोत्तरी : मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन।
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा - ४ सेरहा स्थित गए राति राती ९:२० बजे गोनरपुराबाट सोनमा तर्फ आउँदै गरेको ज.८ प.६४२९ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्लाको सोनमा गाउँपालिका वडा नं.१ बस्ने वर्ष ५५ को बिल्टु ठाकुरको अनुहारमा चोटपटक लागी गौशाला स्थित बि.के.हेल्थ केयरमा उपचार भईरहेको र मोटरसाइकलको पछाडी वस्ने सवार निजको श्रीमती वर्ष ५० की दुखनी देवी ठाकुरलाई हातमा सामान्य चोटलागी स्थानीय क्लिनिकमा उपचार भईरहेको र दुवैको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले बताए।
दुर्घटनामा परेका मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाकाको नियन्त्रणमा रहेको वस्यालले बताए।