महोत्तरी - नेपाल सरकारको निर्णयअनुसार करदाता सेवा कार्यालय जलेश्वर खारेज गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय जनकपुरले जारी गरेको सूचनाअनुसार पुष २१ गतेदेखि जलेश्वर कार्यालयबाट प्रदान गरिने सबै करसम्बन्धी सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालय जलेश्वरबाट उपलब्ध हुने भएको छ ।
सूचनामा करदाताहरूलाई यस परिवर्तनबारे जानकारी राख्न अनुरोध गरिएको कर अधिकृत सुन्दर श्याम ठाकुरले जानकारी दिएका छन् ।
यस निर्णयपछि जलेश्वरमा करदाता सेवा लिन चाहने नागरिकहरूले नयाँ स्थानमा सेवा लिनुपर्ने भएको छ ।





